काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरुलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन् ।
सहकारी संस्थाहरुले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् । २०७४ सालमा सहकारी जथाभावी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ बैशाख २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई ठूला दल मिलेर बनेको सरकारप्रति भारतको रेस्पोन्स राम्रै रह्यो : मन्त्री आरजु देउवा