११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १६ : ५२
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

बर्दिया। बर्दियामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गुलरिया नगरपालिका ४ कैलाशनगर नयाँबस्ती टोलका २२ वर्षीय अर्जुन सुनार छन् ।

उनलाई बुधवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।सुनारले ती बालिकालाई गत चैत २१ गते करण गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस