काठमाडौँ । फागुन महिनामा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुनमा मात्रै ६८ करोड ८९ लाख रुपैयाँ बराबरको सञ्चार उपकरण र पार्टपुर्जा भित्रिएको हो ।
चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २५ अर्ब १८ करोड ८७ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण र पार्टस् आयात भएको बैंकको तथ्याङ्क छ ।गत वर्ष यही अवधिमा २४ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् आयात भएको थियो ।
चालू आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी १८ अर्ब २० करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् चीनबाट आयात भएको छ । भारतबाट ६ अर्ब ६९ लाख रुपैयाँको मात्रै टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् आयात भएको छ ।
भारत र चीनबाहेकका राष्ट्रहरुबाट ९८ करोड १४ लाख रुपैयाँको टेलिकम्युनिकेशन उपकरण तथा पार्टस् नेपाल भित्रिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक सूचकहरु सुधारोन्मुख, मुद्रा सञ्चिति बृद्धि (पूर्णपाठसहित)
राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड
स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था हट्यो