नयाँ दिल्ली । न्यूयोर्कमा एयर कन्ट्रोललाई एयर इण्डियाको बिमान बोइङ ७७७–३०० का क्याप्टेन रुस्तम पालियाको संदेश आयो –’हामी नराम्ररी फँस्यौं, इन्धन पनि बचेको छैन ।’
गएको भदौ २६ गते एयर इण्डियाको फ्लाइट नं. एआइ-१०१ त्यसदिन ३७० यात्रीहरू बोकेर उडिरहेको थियो । तर खराब मौसमका कारण न्यु योर्कको जोन एफ केनेडी विमानस्थलमा अवतरण गराउने चालकदलको प्रयत्न सफल हुन सकेको थिएन र नयाँ दिल्लीबाट उडेको उक्त विमान गएको १५ घण्टादेखि उडिरहेको थियो ।
यसका साथै यस विमानमा अवतरणको क्रममा अरु विमानहरूसँग ठोक्किनबाट बहाउने प्रणालीमा समेत खराबी आइसकेको थियो । यसका साथै सुरक्षात्मक प्रणालीका अटो लैंड, विंडसियर सिस्टम, अटो स्पीड ब्रेक र अक्सिलरी पावर यूनिटले समेत काम गर्न बन्द गरिसकेका थिए । यतिले पनि नपुगेर खराब मौसममा दिनमा या रातमा विमान चालकलाई रनवेमा नै विमान अवतरण गराउन सघाउने विमानका तीन ओटै इंस्ट्रूमेंट ल्याण्डिङ सिस्टम (आइएलएस) मा समेत समस्या आइसकेको थियो ।
एयर इण्डियाका पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटिसी)लाई भने ‘आइएलएसले केही पनि अनुमान लगाउन सकिंदैन, हामीले अवतरणको प्रयास गर्नासाथ यो बन्द हुँदैछ ।’ उताबाट एटिसीले सोध्यो, ‘के तपाईंको दुवैतिरका इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम काम नलाग्ने भइसकेको छ?’ पाइलटले भने, “हो!”
एटिसीले फेरी सोध्यो, ‘तपाईंको विमानमा दुबैतर्फका रेडियो अल्टिमिटरले पनि काम गर्न छाडे जस्तो छ, हो?’ पाइलटले भने, “हो । अब हामीसँग एउटा मात्र रेडियो अल्टिमिटर बचेको छ ।’ यो कुनै पनि पाइलटका निम्ति साह्रै डरलाग्दो क्षण थियो ।
स्पष्ट शब्दमा भन्नुपर्दा विश्वकै सबैभन्दा जटिल विमानहरूमध्ये एक, बोइङ ७७७-३०० लाई बिना कुनै स्वचालित या सहयोगी प्रणाली सकुशल अवतरण गराउने चुनौती चालकदलका सदस्यहरूको काँधमा थियो जबकि आकाशमा घना बादल छाएका कारण रनवे कहाँ छ भन्ने सम्म अनुमान लगाउन सम्भव थिएन र विमानमा थोरै मात्र इन्धन बाँकी रहेको थियो ।
एयर ट्राफिक कन्ट्रोलले पाइलटसँग विमानमा रहेका यात्रीहरूको ठीक संख्या र बाँकी रहेको इन्धनबारे जानकारी माग्यो । पाइलटले उतर दिए, ‘विमानमा जम्मा ३ सय ७० जना रहेका छन् र अब हामीसँग मात्र ७२०० किलो इन्धन बाँकी रहेको छ ।’
खराब मौसम र सारा सिस्टम खराब भइसकेको त्यस जहाजलाई आकाशमा विभिन्न प्रतिकूल परिस्थितिहरुको सामना गर्दै ३८ मिनेटसम्म आकाशमा अन्यौलमा रहेको विमानलाई जसो तसो चालकले न्युयोर्कको एउटा वैकल्पिक विमानस्थलमा उतार्न सफल भए ।
पाइलटका अनुसार एयर इण्डियाले यस प्रकारका विषम परिस्थितिहरूसँग जुझ्न कुनै प्रकारको तालिम -रदान गर्ने गएको छैन । साथै बोइङको अपरेसन म्यानुअलमा पनि यस्तो परिस्थितिमा के गर्ने भन्नेबारे कुनै जानकारी दिइएको छैन ।
एयर इण्डियाले यस घटनामा कुनै पनि प्रतिक्रिया दिएको छैन । उक्त घटनाको उच्चस्तरीय जाँच भइरहेको छ ।
विमान सात वर्ष पुरानो रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ असोज २०७५, १६ : २३
लेखकबाट थप