१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १४ : २४
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

खोटाङ। खोटाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दिप्रुङ चुइचुम्मा गाउँपालिका २ नालीका ३५ वर्षीय प्रकाश परियार छन् ।उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो ।सोही उजुरीका आधारमा प्रहरी चौकी दिप्रुङ चुइचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।