उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

एजेन्सी

शुक्रबार, २३ चैत्र २०८०, ११ : १३
उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौँ । गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो ।

मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह  र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ । हालै गाजामा राहत सामग्री वितरण गर्ने कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निर्णय लिएका हुन्। गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जनाको ज्यान गएपछि संस्थाले खाद्यान्न वितरणको काम रोकेको थियो ।

आक्रमण हुनुअघि सहायता कर्मचारीले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामानहरू उतारेका थिए । हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व शुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको  छ । 

प्रतिक्रिया दिनुहोस