कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, ०७ : २०
कस्तो रहला आजको मौसम ?

काठमाडौँ । अहिले देशभर आंशिक बदली  देखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ भने दिउसो पहाडी भू९भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मुख्यतया सफा रहने छ। 

त्यस्तै कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी,गण्डकी र  कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने समेत महाशाखाको पूर्वानुमान छ । 

प्रतिक्रिया दिनुहोस