मकवानपुरको बकैमा भिरबाट लडेर बालिकाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १४ : ५८
मकवानपुरको बकैमा भिरबाट लडेर बालिकाको मृत्यु

हेटौंडा। मकवानपुरमा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिका पूर्णीमा भोम्जन छिन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय सन्दीप भोम्जनकी छोरी पूर्णीमाको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर मृत्यु भएको हो ।प्रहरीका अनुसार घरमा बालिका नभेटिएपछि खोजी गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयवासीले फेला पारेका हुन् ।