१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १२ : ४१
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

झापा। झापामा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने इलामको माई नगरपालिका ६ घर भएका ४० वर्षीय गोपाल भन्ने मेघराज लिम्बू छन् ।

 

उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लिम्बूले ती किशोरीलाई बिर्तामोड नगरपालिका ४ स्थित कोहिनुर होटलमा बुधवार बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस