नेपाल ‘ए’ र आयरल्यान्ड 'ए'बीचको पहिलो टी-२० खेल आज

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, ०७ : ४६
नेपाल ‘ए’ र आयरल्यान्ड 'ए'बीचको पहिलो टी-२० खेल आज

काठमाडौ । ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड 'ए' विरुद्ध पहिलो खेल खेल्दै छ । दुई टिम बिचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरू हुने छ । 

यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि शुरू हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । 

नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ । 

तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस