काठमाडौँ । नेकपा एमालेका सांसद रघु जि पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानबिन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘दुर्गा प्रसाईँका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । यस्ता हतियारहरू कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ । त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’
सांसद पन्तले प्रसाईँलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । कुनै पनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन : प्रमुख आयुक्त राई