सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबिच छुट सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १५ : ५३
सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबिच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबिच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे ।यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको  सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस