काठमाडौं। समाजवादी मोर्चाको बैठकले एमालेलाई मोर्चामा समेट्ने विषयमा छलफल गरेको छ ।शुक्रवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पछिल्लो समीकरणपछि गठबन्धनमा रहेको एमालेलाई पनि मोर्चामा सहभागी गराउने विषयमा छलफल गरेको हो ।
बैठकले एमालेलाई मोर्चामा सहभागी गराउने छलफलको जिम्मा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।मोर्चाको बैठक अघि बिहीवार संयोजक विप्लवले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरेका थिए । बैठकले मोर्चा बाहेकका दललाई पनि समेट्नेबारे छलफल गरेको छ ।
बैठकले सरकारका कामलाई प्रभावकारी बनाउने, भ्रष्टाचारविरुद्ध कदम चाल्ने, सुशासनप्रति प्रतिवद्ध रहने, सहकारी र लघुवित्त पीडितको पक्षमा काम गर्नुपर्ने विषयलाई मुख्य प्राथमिकता राखेको छ ।
यस अघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा कम्युनिष्टको मोर्चा बनेको थियो ।मोर्चामा यस अघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल संयोजक थिए । त्यसपछि नेकपाका महासचिव विप्लव संयोजक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
समाजवादी मोर्चाको बैठक बोलाइयो, काठमाडौंमा १५ गते गर्ने प्रदर्शनबारे छलफल हुने
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
समाजवादी मोर्चाको सचिवालय बैठक फेरि स्थगित