काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ ।
जबकी बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो ।आज ४९ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । १८७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
१३ उपसमूहमा व्यापारबाहेकका सबै घटेका छन् । माइक्रोफाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ ।आज धौलागिरी लघुवित्तको सेयरमूल्य भने बढेर सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका सेयरमूल्य पनि बढेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ । उक्त बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ ।
घटेका १८७ कम्पनीमा शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर अगाडि छ । बुद्धभूमिको सेयरमा नेगेटिभ सर्किट लागेको छ । गुर्खाज फाइनान्स, बोटलर्स बालाजु, गुराँस लघुवित्त र लक्ष्मी लघुवित्त घटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७३४ अंकमा झर्यो, घट्यो कारोबार
नेप्से परिसूचक १३.३ अंकले घट्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
नेप्से ४ अंकले घट्यो, कारोबार साढे ५ अर्बमा सीमित
नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार