चितवन । इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता बिहीबारदेखि चितवनमा सुरु हुँदैछ ।
पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी अनावरण गरे ।
सो क्रममा बोल्दै चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष पियाले चितवनको क्रिकेटलाई यो प्रतियोगिताले थप उचाई पु¥याएको बताए ।
उनले पछिल्लो समय चितवनमा धेरै प्रतियोगिता हुन थालेको भन्दै अब ठूला प्रतियोगिताको आवश्यकता महसुस भइरहेको बेला इण्डो नेपाल प्रतियोगिता गर्न पाउँदा आफैमा खुशीको कुरा भएको बताए ।
प्रतियोगितामा नेपालका भरतपुर मेयर्स ११, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश तथा भारतका दुईवटा क्षेत्रीय टोली तालतला इन्स्टिटाइट कोलकाता र पीएसआर ग्रुप लखनउ बीचको रोमाञ्चक खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, ०७ : ५२
लेखकबाट थप