काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरुमा साथै बाँकी देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी ,मधेश, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना र देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आजको मौसम ?
आजकाे माैसम : यि तीन प्रदेशमा मेघ गर्जनसहित बर्षाको सम्भावना