काठमाडौँ । संघीय संसद सचिवालयले मंगलबार तय भएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने उक्त बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।
संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुबै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन सकिएपछि आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने पाण्डेयले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायण दाहालले लिए राष्ट्रियसभा अध्यक्षको शपथ
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट