काठमाडौं। गत आइतवार गायिका एलिना चौहान र साउण्ड सिस्टम कर्मचारीबीच भएको विवादपछि उत्पन्न परिस्थिति सांगीतिक क्षेत्रमा चर्चाको विषय बनिरहेको छ । पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा एलिना र साउण्ड टेक्निसियनबीच भनाभन भएको थियो ।
प्रस्तुति दिने क्रममा साउण्ड सिस्टम खराब भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर, टेक्निसियनले एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भनेका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । त्यसपछि एलिना आफ्नो प्रस्तुति नसकिकन बाहिरिएकी थिइन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उक्त घटनाको केही दिनपछि साउन्ड सिस्टम व्यवसायीले विज्ञप्ति जारी गर्दै एलिनाले माफी नमागे उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका थिए । उक्त चेतावनीपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै एलिनाले माफी मागिसकेकी छन् । यद्यपि, एलिनाले माफी मागेपछि यस विषयलाई लिएर गायक–गायिका उनको पक्षमा बोल्न थालेका छन् ।
लोकगायक बद्री पंगेनीले घटनाको कारण गायिका एलिना मात्रै हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पंगेनीले कुनै पनि घटनाको कारक दुबै पक्ष हुने उल्लेख गरेका छन् । व्यवसायमा निषेधको संस्कृति गलत भएको उनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १३ : ४९
लेखकबाट थप