काठमाडौं । आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयमा भन्दा यो पल्टचाहिँ एकदमै उत्साहित रहेको रेखाले प्रतिक्रिया दिईन् । मैले काम गरेका र निर्माण गरेका अघिल्ला चलचित्रहरू प्रदर्शनको समयमा नर्मस हुन्थेँ म । यो पटकचाहिँ उत्साहित छु रेखाले भनिन्, अहिले जति पनि हलमा चलिरहेका छन्, तीभन्दा फरक स्वाद ‘उपहार’मा पाउनुहुनेछ ।
रेखाको अनुसार फिल्मको कन्टेन अहिले चलिरहेको भन्दा फरक छ । कथाकारले पनि एकदमै फरक शैलीमा राम्रो कथा तयार पार्नुभएको छ भने निर्देशकीय पक्षबाट पनि मिहिनेत गरिएको छ ।
´मैले अघिल्ला फिल्ममा गरेको गल्ती यसमा सुधारेको छु । यो फिल्म हेरुन्जेल दर्शकलाई बोर लाग्दैन । फिल्म हेरुन्जेल दर्शकलाई हरेक क्यारेक्टरमा म हुँ भन्ने लाग्छ । यो फिल्म युनिभर्सल फिल्म हो भन्न रुचाउँछु ।
चलचित्रमा सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेका गरिएको छ । यहाँ समाज रुपान्तरणका कुरादेखि समाजमा भइरहने घटनाक्रम पनि उठान गरेका छौँ, अभिनेत्री रेखा थापाले भनिन्, “मेरो चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने गरेको छ । त्यही शैलीलाई निरन्तरता दिएकी छु हामीलाई माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु।”
‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको रेखा बताईन् । नेपाली चलचित्रमा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने रेखाले त्यो आरोपलाई ‘उपहार’ ले गलत साबित गर्ने दाबी गर्ने उल्लेख गरिन् ।
‘हाम्रो फिल्म आँखालाई शीतल दिने किसिमको छ । फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडका कुरा दर्शकले पाउनुहुनेछ,’ रेखा भन्छिन् । उनले ‘उपहार’ मा समाज रूपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताईन् । चलचित्रमा नारीमात्र होइन, पुरुष पनि पीडित छन भन्ने कुरा देखाइएको उनको भनाइ छ । हामीले दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौँ ।´
उनका अनुसार यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।
रेखाले यसअघि ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘देवर बाबु’, ‘हिफाजत’, ‘खुसी’ लगायतका हिट फिल्ममा काम गरी सकेकी छिन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक
अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने
रेखाको ‘उपहार’ले थाल्यो अमेरिकामा प्रदर्शन
चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक