१५ वर्षीया किशोरीको हत्या आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, १६ : ०९
१५ वर्षीया किशोरीको हत्या आरोपमा १ जना पक्राउ

विराटनगर। मोरङको पथरीशनिश्चरे– ७ लामा टोलमा गएराति १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या गरेको आरोपमा मोरङ ग्रामथान गाउँपालिका धिरेन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता रंजन दाहालले बताए ।

 

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा देखिएको विवादका कारण हत्या भएको हुनसक्ने अनुसन्धान अधिकृत बताउँछन् ।थप जानकारी भने प्रहरीले केही बेरपछि पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।मामा घरमा बस्दै आएकी राईको सोमवार राति शौचालय जाँदै गर्दा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।खोटाङको ऐँसेलुखर्क घर भएकी ज्ञानमति मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् ।उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रतिक्रिया दिनुहोस