यस्तो छ आज विदेशी मुद्राको विनियमदर

सफल खबर संवाददाता

मंगलबार, २२ फागुन २०८०, ०८ : १२
यस्तो छ आज विदेशी मुद्राको विनियमदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी र अस्ट्रेलियन डलर, बहराइन दिनरको मूल्य घट्दा युरोपियन युरो, बेलायती पाउन्ड, कुवेती दिनारको मूल्य भने बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा थियो। 

आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ७० पैसा र बिक्रीदर १६८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस