कवाड व्यवसायीलाई होइन कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्छ : सीके राउत

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १४ : ४४
कवाड व्यवसायीलाई होइन कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्छ : सीके राउत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । ​​कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका डा. राउतले कवाड सोच भएका नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका हुन् ।​​

'कवाड व्यवसायीहरूको आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐक्यबद्धता​ छ । कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो', उनले सामाजिक सञ्जालमा लेखेका छन्, '​कवाड व्यवसायीले काठमाडौं सफासुग्घर पारेका छन्, काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो ।

काठमाडौं महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै कवाडी व्यवसायीहरू निरन्तर प्रदर्शनमा छन् ।अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर्नुपर्ने, अदालतको निर्णयको कार्यान्वयन गर्नुपर्ने लगायतका काम राखेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस