जकपुरधाम । जनकधाम उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि आक्रोशित स्थानीय आन्दोलित बनेका छन् । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेकाे छ।
ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारी सडकमै छन् । प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले गरिरहेकाे छ । अहिले अवस्था तनाव्रस्त बनेको छ ।जनकपुधाम ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको नम्बर नखुलेको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियाे। बसले किचिएर अन्य ४ महिला घाइते छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।
विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गइरहेको बसले ठक्कर दिएको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १४ : २०
लेखकबाट थप