बागमती प्रदेश सम्भावना भएको प्रदेश हो, ग्रामीण पर्यटन र कृषिमा लगानी गरौं: मुख्यमन्त्री जमकट्टेल

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १४ : ४०
बागमती प्रदेश सम्भावना भएको प्रदेश हो, ग्रामीण पर्यटन र कृषिमा लगानी गरौं: मुख्यमन्त्री जमकट्टेल

चितवन। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल बागमती प्रदेश सम्भावना नै सम्भवना भएको प्रदेश रहेको बताएका छन् ।भरतपुर भ्रमण वर्षको नारायणी नदी किनारमा चलिरहेको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री जमकट्टेलले चितवनदेखि दोलखासम्म ग्रामीण पर्यटनको सम्भावना रहेको बताएका हुन् ।

उनले भने, ‘पर्यटकीय हिसाबले चितवनको सम्भावना त थाहा नै छ । काठमाडौँ, दोलखा, कालिञ्चोक, जुगल हिमाल, रसुवाको लामटाङ हिमाल, थुप्रै पर्यटकीय सम्भावना भएका ठाउँहरु बागमती प्रदेशमा रहेका छन् । ग्रामीण पर्यटन विकास गर्ने गरी सरकारले नीति बन्दै छ । पर्यटन व्यवसायीसँग छलफल गरिरहेका छौं । ’

मुख्यमन्त्री जमकट्टेलले नेपालमा उद्योग व्यवसायीले लगानी गर्दा कृषि र पर्यटन मूल आधार बनाएर लगानी गर्नुपर्ने बताए । उनले भने, ‘ व्यवसायी साथीहरु कृषि र पर्यटनमा लगानी गर्नुहोस् । ग्रामीण पर्यटनको क्षेत्रमा महत्व दिनोस् । प्रदेश सरकारले सबै क्षेत्रमा निजी क्षेत्रसँग साझेदारी गर्ने अभियान अघि सारेका छौं ।

’ उनले सबभन्दा सम्भावना भएको बागमती प्रदेश रहेको भन्दै प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेको बताएका छन् । उनले भरतपुर महानगरपालिकाले राष्ट्रियरुपमा कार्यक्रम गरेर देशव्यापी सकारात्मक सन्देश दिन खोेजेको बताए ।

प्रतिक्रिया दिनुहोस