एनआईसी एसिया बैंकले सार्वजनिक गर्यो दुई नयाँ चमत्कारी कर्जा योजना

बुधबार, २७ भदौ २०७५, २० : १७
एनआईसी एसिया बैंकले सार्वजनिक गर्यो दुई नयाँ चमत्कारी कर्जा योजना

काठमाडौं । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मुल नाराका साथ एनआई सी एसिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु ‘चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा’ सार्वजनिक गरेको छ ।

यी कर्जा योजनाहरु ग्राहकको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सबैका लागि अझ बढी सहज, सवल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

ती दुई कर्जा योजनाका लागि बैंकले आ–आफ्नै खालका उद्देश्यमुलक नाराहरु तय गरेको छ । चमत्कारिक सवारी कर्जा योजनामा ‘एनआई सी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्, आफ्नो सपना साकार’ भन्ने नारा तय भएको छ ।  यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावहरुले समेत चमत्कारिक लाभ उठाउन सक्ने जनाइएको छ । 

त्यस्तै चमत्कारिक घर जग्गा कर्जा योजनामा  बैंकले चमत्कारिक घर जग्गाकर्जा सार्वजनिक गरेको छ । 

दुवै चमत्कारिक कर्जा योजनाहरुमार्फत बैंकको आफ्नो मुलुकभर रहेका २४४ वटै शाखा कार्यालयहरुबाट  ग्राहकहरुलाई आफुले चाहेको गाडी तथा घरजग्गा बिना झन्झट,न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने बैंकले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस