सिड्नी । अष्ट्रेलियामा ५० वर्षअघि सबैभन्दा पहिले स्थायी बसोबास अनुमति पत्र (पीआर) लिने पहिलो नेपालीलाई सम्मान गरिएको छ । हिजो (शनिबार) सिड्नीमा स्थानीय लुक्ला टिभीले आयोजना गरेको समारोहमा ५० वर्षअघि अष्ट्रेलियामा बस्न पीआर पाएका पहिलो नेपाली डा. नारायण प्रधान र इन्द्रा बनलाई ‘गोल्डेन जुब्ली अवार्ड’बाट सम्मान गरिएको हो ।
कार्यक्रममा डा. प्रधान र बनलाई अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, अष्ट्रेलियाका संघीय तथा राज्यसभाका सांसदहरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेको छ। समारोहमा नेपाल-अष्ट्रेलिया सम्बन्ध बिस्तारमा सम्मानित व्यक्तिहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत पोखरेलले प्रशंसा गरे ।
कार्यक्रममा डा.प्रधानकी श्रीमती लीला प्रधानलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च