काठमाडौं । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । १३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।
तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् । बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए । ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनुस् ।’
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन के भयो भनेर प्रश्न गरे । प्रतिवेदन पढ्न कति दिनलाग्छ भनेर प्रश्न गरेका उनले भने, ‘प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ ।’
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाबारे प्रश्न उठाए ।त्यसपछि सभामुखले शून्य समय सुरु गरे । तर एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरु उठेर विरोध गरे । आफूहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी सांसदहरु आ–आफ्नो स्थानमा उभिइरहे ।
बस्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे । सभामुखको रुलिङसँगै संसद सुचारु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछानेलाई कारवाही गर्न सांसद गुरुङको माग, सभामुखलाई पत्र
सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरुको बैठक
सदन खुलाउने विषयमा सभामुखले शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्दै
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच छलफल
प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख