नेपालगञ्ज। बाँकेमा ट्राफिक सप्ताह शुरू भएको छ । 'सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि' अभियान शुरू गरिएको हो ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताह- २०८० को उद्घाटन गरेका हुन् ।
त्यसअघि प्रहरी तथा स्थानीय तहहरूको संयुक्त आयोजनामा प्रभात फेरी गरिएको थियो । प्रभात फेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका लागि सबै पक्षले सहयोग गरेको र चासो देखाएकोमा आभार व्यक्त गरे । सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्रै नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रेमा ग्रामीण सडकलक्षित ट्राफिक सप्ताह