काठमाडौ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यूून हुुँदा आयातमा कमी आएको हो ।
उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो ।
विभागका अनुसार आव २०७९-८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालुु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानको सिटमा भेटियो १ किलो सुन
सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस : 'पौडेल र बुढालाई पुरस्कृत गर्न'
एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ
त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, तोलामा कति पुग्यो ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?