यस्तो छ आज विदेशी मुद्राको विनियमदर

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, ०८ : २१
यस्तो छ आज विदेशी मुद्राको विनियमदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरबाहेक धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्य भने विगत तीन दिनदेखि घटवढ भएको छैन। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। शुक्रबार र शनिबार पनि अमेरिकी डलरको कारोबार यहीदरमा भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६४ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। 

प्रतिक्रिया दिनुहोस