काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानको सिटमा भेटियो १ किलो सुन
सुन तस्करीसम्बन्धी छानबिन आयोगकाे सिफारिस : 'पौडेल र बुढालाई पुरस्कृत गर्न'
एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ
सुनको आयात ५९ प्रतिशतले घट्यो
त्रिभुवन विमानस्थलबाट झण्डै एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, तोलामा कति पुग्यो ?