दाङ । दाङमा गाेली हानेर माहिलस प्रहरीको हत्या भएकाे छ ।
घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।
गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिए ।
झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेकाे बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहतीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ
नेपाल बैंकका सुरक्षा गार्डको हत्या
स्याङ्जामा चक्कु हानेर युवकको हत्या
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बुटवलमा बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या