काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पाँचौँ सफलता हात पारेको छ । सोमपाल कामीले २ रन बनाएका जेन ग्रिनलाई आउट गरेका हुन् । यसअघि एकै ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।
यसअघि ललित राजवंशीले २३ रन बनाएका ओपनर माइकल भान लिनगेन र निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए । नामिबियाले २४.१ ओभरमा ५ विकेटको क्षतिमा ८४ रन बनाएको छ ।
नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेदरल्यान्ड्सले सजिलै हरायो नामिबियालाई
आर्यनको घातक बलिङ, १ सय २३ रनमा समेटियो नामिबिया
नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य
कप्तान रोहित १ रनमै आउट, नामिबियाविरुद्ध नेपाल संकटमा