काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले ५ औं विकेट गुमाएको छ । १९.५ ओभरमा कुशल व्यक्तिगत १५ रनमा आउट भएका हुन् । उनी आउट हुँदा नेपालको स्कोर ६७ रन मात्र भएको छ ।
कप्तान जेरार्ड एरास्मसको बलमा कुशल मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् । कुशललाई आउट गर्नको लागि जेरार्ड रणनीतिक हिसाबमा आफैं अफ स्पिन बलिङ लिएर आएका थिए ।
यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।
एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए । ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ फागुन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालसँग नेदरल्याण्ड्स १३७ रनमा अलआउट
नेपालले नवौं विकेट गुमायो