काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा सीके राउतले यतिबेला जनतालाई रिझाउने फरक शैली अपनाएका छन् । उनी राजधानी काठमाडौंका ठाउँ–ठाउँमा वृद्धवृद्धालाई ढोग्दै हिँडिरहेका छन् ।राउतले नौलो गणतन्त्र ल्याउनका लागि वृद्धवृद्धालाई ढोग्दै हिँडेको बताइरहेका छन् ।
जनमत पार्टीले हालै ‘दोस्रो गणतन्त्र अभियान’ शुरू गरेको छ । यसै अभियानलाई सार्थक बनाउन आफूले वृद्धवृद्धालाई ढोगेको उनको भनाइ छ ।वृद्धावृद्धाले आफूलाई 'अरु नेताजस्तो नहुनु नि !’ भनेर आशीर्वाद दिइरहेको प्रतिनिधिसभाका सांसदसमेत रहेका राउतले बताएका छन् ।
नौलो गणतन्त्रका लागि भन्दै राउत नेतृत्वको दल जनमत पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसका दिन काठमाडौंमा आमसभा गर्दैछ । त्यसैको घरदैलो र प्रचार–प्रसारका लागि आफूले वृद्धवृद्धाको आशीर्वाद लिएको राउतले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा जनाएका छन् ।
देशमा ‘दोस्रो गणतन्त्र’का लागि आन्दोलन गर्नुपर्ने निश्कर्षसहित अध्यक्ष राउतले ९ बुँदे आन्दोलनका मागहरू पनि सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, ११ : ५१
लेखकबाट थप