रसुवा। दक्षिणी रसुवाको कालिका गाउँपालिकाका दलित, भूमिहीन एवं सुकुम्बासीका लागि भूमिको प्रमाणस्वरुप बसोबासको पहिलो निस्सा प्रदान गरिएको छ ।भूमि आयोग रसुवाका जिल्ला अध्यक्ष लामाकार्पु तामाङका अनुसार आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको उपस्थितिमा पहिलो निस्सा प्रदान गरिएको हो ।
भूमिहीन तथा सुकुम्बासीलाई जमिनको स्वामित्व प्रदान गर्न स्थानीय सरकारका प्रतिनिधिकै रोहवरमा नौ जनालाई जग्गा उपलब्ध गराउने पहिलो निस्सा प्रमाण प्रदान गरिएको हो ।जिल्लाभरकै दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने रसुवावासी नागरिकको पहिचान तीव्ररुपमा भइरहेको छ ।
पहिलो चरणमा प्रदान गरिएको निस्सा प्रमाणबाट अब नापी कार्यालयले नाप जाँच गरी क्षेत्रफल यकिन गर्ने, हाल बसोबास गरिरहेको जग्गामा कुनै जोखिमको सम्भावना भएमा उपयुक्त स्थान छनोट गरिनेसमेत बताइएको छ ।
गत विगतदेखि छनोट भएका भूमिहीन सुकुम्बासीलाई भूमि उपलब्ध गराउन गरेको प्रयासले यस वर्षबाट पूर्णता पाउने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको इटपारे, कालिकास्थान, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, पुरानो तातोपानी र गोल्जुङ, रोङ्गा दोभान उत्तरगया गाउँपालिकाको बङ्से क्षेत्रमा धेरै बासिन्दा अव्यवस्थित र सुकुम्बासीको रुपमा बसोबास गरिरहेको स्थानीयले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिमका भूमिहीनलाई निस्सा वितरण