काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली तथा अर्गानिक खाद्य बस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्।
होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले ग्राहकहरूको रूची र चाहनाअनुसारको खाध्यान्न होटल व्यवसायीहरू आफैंले कृषि फ़र्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रूचीअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशी र नारायणीमा जल यातायात सुरु गरिने
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति पौडेल
गाजापट्टीमा तत्काल स्थायी युद्धविराम गर : चिनिया राष्ट्रपति
प्रेस तटस्थ, स्वतन्त्र र सबल भएमात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति पौडेल