विराटनगर। धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा ताला लगाइदिएका छन् ।सिनेट सदस्यसमेत रहेका मेयर साम्पाङले सोमबार शिक्षक, कर्मचारीहरुको निरन्तरको आन्दोलनले अस्तव्यस्त रहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राडा प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएका हुन् । उनले ताला नखोल्न चेतावनीसमेत दिएका छन्।
अहिले बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारीहरू आन्दोलनमा छन्। यस्तो बेलामा प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेका कामु उपकुलपति कार्कीको कार्यकक्षमा आफूले ताला लगाउनु परेको मेयर साम्पाङको भनाइ छ। कामु उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएर विदामा बसेपछि शिक्षक, कर्मचारीहरूले उपकुलपतिलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गरेका छन्।
गएको कात्तिक २० गते शिक्षक, कर्मचारीसँग छुट्टाछुट्टै सहमति भएको थियो। सो सहमति कार्यान्वयन नगरी सम्पर्कविहीन भएर बसेको भन्दै मेयर साम्पाङ र आन्दोलनकारी शिक्षक कर्मचारीले कार्कीको राजीनामा मागिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था माग गर्दै काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन
प्रधानमन्त्री प्रचण्डसँग हर्क साम्पाङको भेट
हर्क साम्पाङको ‘सुधारबार’ अभियानमा सहभागी बन्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता