काठमाडौँ । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने ‘खुस्मा’को औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर सोमबार कमलादी गणेशस्थानमा पूजा गर्दै फिल्मका मुख्य कलाकारको नाम सार्वजनिक गरिएको हो ।
अशोक थापा मगरको निर्देशन रहने फिल्मले द्धन्द्धको पृष्ठभूमिमा रहेर कथावाचन गर्नेछ । दीपक बज्राचार्यको छायांकन रहने फिल्ममा धिरज मगर र उपासना दुवैले फरक फरक उमेर समूहको भूमिका निर्वाह गर्नेछन् ।
रुकुममा खिचिने फिल्ममा फिल्ममा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । फिल्ममा एस डी योगीले संगीत दिनेछन् । फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ । दक्षिण कोरियामा सिनेमा अध्यय गरेका अशोकले यसअघि केही लघु चलचित्रको निर्माण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १४ : ५०
लेखकबाट थप