काठमाडौँ । माघे सङ्क्रान्तिका लागि काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ ।
काठमाडौँका तरकारी बजारमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौँ उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्दछ । साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलान्चोक र नुवाकोटका तरुलहरू पनि काठमाडौँमा माघे सङ्क्रान्तिका लागि बिक्री हुने गर्दछन् ।
नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । माघे सङ्क्रान्ति तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकारअनुसार आज तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैयाँ प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तरुलको मूल्य घट्यो, पिँडालु र सखरखण्डको मूल्य बढ्यो