एजेन्सी । ताइवानमा आज राष्ट्रपति र संसदीय निर्वाचन हुँदैछ । ताइवानमा दुई करोड ९५ लाख जनताले आफ्नो मनपर्ने उम्मेदवार छान्न मतदान गरिरहेको बीबीसीले जनाएको छ ।
चुनावबाट नयाँ राष्ट्रपति चुनिने छ । किनकी हालका राष्ट्रपतिले दुई कार्यकाल पूरा गरेका छन् । ताइवानको नियमानुसार तेस्रो कार्यकाल राष्ट्रपति बन्न पाइँदैन ।
ताइवानको चुनावले देशको राष्ट्रपति मात्रै चयन गर्नेछैन, चीनसँगको सम्बन्धलाई पनि असर गर्ने ठानिएको छ ।
चीनले ताइवानलाई आफ्नो देशको हिस्सा मान्दै आएको छ । चुनावको एक दिनअघि पनि चीनले सोही कुरा दोहोर्याएको छ ।
चीनको रक्षा मन्त्रालयले शुक्रबार भनेको छ, 'ताइवान स्वतन्त्रता'को लागि कुनै पनि पृथकतावादी योजनाहरूलाई दृढतापूर्वक कुचल्न सबै आवश्यक कदम चाल्नेछ।'
यता ताइवानको रक्षा मन्त्रालयले शुक्रबार सामाजिक सञ्जाल साइट एक्समा ‘युद्धका लागि सधैं तयार’ रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशी र नारायणीमा जल यातायात सुरु गरिने
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति पौडेल
गाजापट्टीमा तत्काल स्थायी युद्धविराम गर : चिनिया राष्ट्रपति
प्रेस तटस्थ, स्वतन्त्र र सबल भएमात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति पौडेल