शिव परियारको स्वरमा ‘धोकेबाज माया’ सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, २६ पुस २०८०, १३ : ०१
शिव परियारको स्वरमा ‘धोकेबाज माया’ सार्वजनिक

काठमाडौं। शिव परियारको स्वरमा ‘धोकेबाज माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत सार्वजनिक यो प्रेम विरहको गीत हो । प्रेममा धोका पाएको युवकले युवतीप्रति व्यक्त गरेको भावना गीतमा समेटिएको छ ।

कार्की जीको संगीत, कार्की जी र कुशल न्यौपाने शब्द रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् । यसको भिडियोमा विक्रम बुढाथोकी, कुसुम शर्मा र बादल घिमिरेले अभिनय गरेका छन् ।विक्रम चौहानको कथा एवं निर्देशनमा भिडियो तयार भएको हो । 

 

 

प्रकाश खड्का र उनको टिमको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन एवं कलरिङ गरेका हुन् ।रामकान्त न्यौपाने भिडियोका निर्माता हुन् ।

 

प्रतिक्रिया दिनुहोस