काठमाडौँ । बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार सात महिनामा करिब डेढ लाख पर्यटकले चढेका छन् । बुटवलको गोलपार्क बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दूरीको केबलकार गत जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको थियो । सात महिनामा एक लाख ४६ हजार ६ सय ४५ जना पर्यटक केबलकारको यात्रा गरी पाल्पाको वसन्तपुर पुगेका कम्पनीले जनाएको छ ।
जेठ १५ देखि पुस १४ गतेसम्म एक लाख ४० हजार ५०१ जना आन्तरिक पर्यटक, भारतसहित सार्क राष्ट्रका ६ हजार ११८ जना तथा तेस्रो मुलुकका ३५ जना पर्यटक केबलकार चढेका कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले जानकारी दिए ।
यो सात महिनाको अवधिमा सबैभन्दा धेरै ३५ हजार ७९७ जना पर्यटक गत कात्तिकमा आएका थिए । असोजमा सबैभन्दा कम ९ हजार ६५० जनाले केबलकार चढेका छन् । कम्पनीले प्रत्येक टिकट दरको एक-एक प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई स्थानीय कर बापत दिँदै आएको छ ।
सात महिनामा ८ करोड ३६ लाख १५ हजार ६१२ रुपैयाँको टिकट बिक्री गरेको कम्पनीले भदौ २६ गतेसम्मको कर बापत ३ लाख ९३ हजार ३ सय ५४ रुपैयाँका दरले दुई पालिकालाई ७ लाख ८६ हजार ७०८ रुपैयाँ दिएको छ । यो केबलकारमा दुईतर्फी यात्राको ७ सय ५० रुपैयाँ टिकट दर तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी केबलकार: सात महिनामा डेढ लाख पर्यटक, अझै खर्च धान्न मुस्किल