तीजको गीत ‘फन्को मारी मारी’ बजारमा

सोमबार, १८ भदौ २०७५, १० : ४७
तीजको गीत ‘फन्को मारी मारी’ बजारमा

चितवन : लोक दोहोरी गायक गोबिन्द रिजाल र चन्द्र परियारको तीज गीत ‘फन्को मारी मारी’ बजारमा आएको छ । नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा बजारमा ल्याईएको गीतले दर्शक स्रोताको मन जित्न सफल भईरहेको छ । सुन्दै नाचौँ नाचौँ लाग्ने गीतमा चन्द्र परि

यारको शब्द संगीत रहेको छ । गीतमा गोबिन्द रिजाल, चन्द्र परियार, सम्झना भण्डारी र शन्तीश्री परियारले स्वर दिएका छन् । गीत साई भिजनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले खिचेका हुन भने बिष्णु शर्माले सम्पादन गरेका छन् । प्रकाश भट्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा गोबिन्द रिजाल, रिना थापा, काशी गुरुङ र स्मृति गुरुङको अभिनय रहेको छ । केही दिन अघी मात्रै युट्युबमा सार्वजनिक भएको गीतले छोटो समयमा नै दर्शक स्रोताको मन जित्न सफल भईरहेको गायक गोबिन्द रिजालले बताउनु भयो ।
 

प्रतिक्रिया दिनुहोस