विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटेलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगिक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन् ।
राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौँ फर्कने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशी र नारायणीमा जल यातायात सुरु गरिने
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिने
पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन् : राष्ट्रपति पौडेल
गाजापट्टीमा तत्काल स्थायी युद्धविराम गर : चिनिया राष्ट्रपति
प्रेस तटस्थ, स्वतन्त्र र सबल भएमात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुन्छ : राष्ट्रपति पौडेल