आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ । बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन । प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो । प्रधानमन्त्री निकट स्रोतले भन्यो भेटको मुख्य एजेन्डा नै रेल बन्यो ।
नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल किन्ने वा भाडामा लिने निचोड निस्किएकै छैन । सरकारको यो सुस्तताले समयमा रेल सञ्चानल हुने/नहुने अन्योल बढेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए ।
तीन डिब्बासहितको नयाँ रेल किन्दा करिब दुई अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसैले डिब्बा भाडामा लिने केही अधिकारीको राय छ । केही प्राविधिकलाई प्रशिक्षणसमेत दिने ‘प्याकेज’ मा भाडामा डेढ वर्षका लागि लिनुपर्ने अन्य अधिकारीको धारणा छ ।
दुई देशीबीच रक्सौल-काठमाडौं रेलमार्गको अध्ययन गर्ने सहमति भएको छ । तर, साइडलाइन वार्तामा दुई प्रधानमन्त्रीबीच लिक बनिसकेको जयनगर-जनकपुरमा रेल सञ्चालनमा बढी कुरा भएको स्रोतले जनायो । दुवैले यसमा गम्भीर चासो देखाउँदै छिटो सञ्चालनका लागि आफ्ना मातहतलाई निर्देशन दिए ।
प्रधानमन्त्री मोदीको भनाइ उद्धृत् गर्दै एक अधिकारीले भने, ‘रक्सौल-काठमाडौं रेलको काम अघि बढ्नेछ । तर जयनगरबाट जनकपुर हँुदै बर्दिबास आउने रेलको काम के भएको छ ? त्यो रेलमार्ग जहाँसम्म पुगेको छ, त्यहाँसम्म कुनै ‘मोडालिटी’ तय गरेर रेल सञ्चालन गर्न आवश्यक छ । यसमा ढिलाइ नगरौं ।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ भदौ २०७५, ०७ : ४१
लेखकबाट थप