काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थविद्ध स्वर्णिम वाग्लेले अहिले अर्थतन्त्रका स्रोतहरूमा धेरै फेरबदल आइरहेको बताएका छन् । बिहीवार बिहान वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद वाग्लेले कर्मचारी जलवायु परिवर्तन, नेपालीहरू बाहिर बस्ने प्रवृत्तिका कारण अर्थतन्त्रका स्रोतहरूमा बदलाव आइरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले अर्थतन्त्रका स्रोतहरूमा पनि धेरै बद्लावहरु आइरहेका छन् । अहिले संरचनागत रूपमा जलवायु परिवर्तनका कुराहरू जोडिने महत्त्वपूर्ण कुराहरू भइरहेको छ । ठुला संरचनागत परिवर्तनहरू भइरहेको छ । तीन करोडमा एक करोड नेपालीहरू बाहिर बस्ने जस्तो सारा कुराले गर्दा नयाँ नयाँ विकासका चुनौतीहरू पनि आउन थालेका छन् । त्यतातिर ध्यान दिन जरुरी छ ।’
सांसद वाग्लेले ठेकदार, नेता र कर्मचारीको मिलेमतो नियुक्तको किनबेच, नीतिको कब्जा, र पूर्वाधारमा चरम भ्रष्टाचार भइरहेको समेत टिप्पणी गरेका छन् ।स्वास्थ्य र शिक्षा जस्तो संवेदनाशील कुराहरूमा पनि चरम भ्रष्टाचार भइरहेकाले अर्थतन्त्रका सूचकहरूमा सुधार आउन नसकेको उनको भनाई छ ।
उनले भने, ‘नियुक्तिहरू बेचबिखन हुने, नीतिगत सेटिङका हिसाबले नियमावली संशोधन गर्ने, कागजात मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको त कुरै नगरौँ ।’उनले केही नेताहरुले संवैधानिक अंग नै कब्जा गरेर देशलाई चरम भ्रष्टाचारको युगमा पुर्याएको समेत आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १३ : ०५
लेखकबाट थप