काठमाडौं। सरकारले सञ्चारसम्बन्धी दुई विधेयकका विषयमा सर्वसाधारणसँग सुझाव मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयक र नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयकका विषयमा सुझाव मागेको हो ।
मन्त्रालयलयले विज्ञ समेतको संलग्नतामा तयार गरिएका दुवै विधेयकको मस्यौदा अध्ययन गरी १५ दिनभित्र [email protected] मार्फत् सुझाव उपलब्ध गराई दिन अनुरोध गरेको छ ।मन्त्रालयले राष्ट्रिय आमसञ्चार र नेपाल मिडिया काउन्सिलसम्बन्धी कानून ल्याउन विभिन्न सरोकारवालासँग परामर्श गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : मन्त्री शर्मा
चलचित्र विकास बोर्डलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण