भरतपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
सरकारले भ्रष्टाचारका केश (मुद्दा)मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने,‘सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ।’कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उनले भने, ‘आलोचना, निन्दा गर्नेहरू पनि हुन्छन्, प्रशंसा गर्नेहरू पनि हुन्छन्।’आसन्न राष्ट्रियसभाको निर्वाचनबारे उनले यही गठबन्धनबीच तालमेल हुने बताए।
गठबन्धनका दलबीच छलफल गरेर सिटको टुङ्गो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने जानकारी दिए।नेता नेपालले भने,‘कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो। यी कुरा टुङ्गो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छौँ।’ पार्टीभित्र राष्ट्रियसभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उनले उम्मेदवारको लर्को लागेको बताए।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताए। उनले भने,‘हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ। तर, उहाँहरूमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल
माधव नेपाल रुस प्रस्थान
माधव नेपाल रुस प्रस्थान
तारागाउँ विकास समिति सरकारलाई बोझ भयो : माधव नेपाल
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माण गरौँ : माधव नेपाल
ओलीले नराम्रो रूपमा लिन्छन् भनेर देउवा हाम्रो कार्यक्रममा आउनुभएन : माधव नेपाल