काठमाडौं। काभ्रेपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दूरीको सडक निर्माण शुरू भएको छ ।रोशी गाउँपालिकाअन्तर्गत वीपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी–सुँगुरे–बूढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै हेटौंडासम्म प्रादेशिक सडक निर्माण शुरू गरिएको हो ।
बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा रु ९४ करोड ६९ लाख सुनिश्चित गरेको थियो ।चालू आवमा रु सात करोड विनियोजन गरी निर्माण शुरू भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ।
सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी रु ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ।
आयोजनाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र प्रदेशसभा सदस्य रत्न ढकालले संयुक्तरुपमा एक कार्यक्रमबीच काभ्रेपलाञ्चोकको रोशीस्थित कटुञ्जेमा सोमवार शिलान्यास गरेका हुन् ।
बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै रोकिएन बालविवाह